• ४ भदौ २०८२, बुधबार

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

blog

फिक्कल (इलाम),  भदौ ४ गते ।  केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । 

सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त पुल जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ । रासस