• ४ भदौ २०८२, बुधबार

‘म्याङ्लुङ बजार’ सार्वजनिक

blog

काठमाडौँ, भदौ ४ गते  । गायक प्रेम सेनको नयाँ गीत ‘म्याङ्लुङ बजार’ सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत सार्वजनिक गर्नुभएको हो । पुर्बेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्साउँछ । प्रेमभावको यो गीतमा गायक प्रेमकै शब्द तथा सङ्गीत रहेको छ ।  

गायकगायिका स्वयंले अभिनय गर्नुभएको गीतको भिडियोलाई दिनेश पराजुलीको छायाङ्कन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज तथा ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गर्नुभएको हो  ।