• १३ साउन २०८१, आइतबार

कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैन : माधव नेपाल

blog

काठमाडौं, असार १० गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु नझुक्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भनाइ राख्नुभयो ।

अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस हुने पनि बताउनुभयो । उहाँले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अबलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभयो ।