जेरुसेलम, भदौ २ गते । इजरायली सेनाले वेस्ट बैँकका विभिन्न क्षेत्रमा ठुलो मात्रामा गिरफ्तारी अभियान चलाउँदै ४८ प्यालेस्टिनीलाई पक्राउ गरेका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार, दुई प्यालेस्टिनीलाई कल्किल्या र अर्कोलाई असिरा अल-शामालिया सहरबाट घरमा छापा मारेर पक्राउ गरिएको हो ।
जेरुसलेमको दक्षिणमा रहेको उम्म टुबा गाउँबाट ३३ जना कामदारलाई अनुमति नभएको बहानामा पक्राउ गरिएको बताइएको छ । पछिल्ला महिनामा सयौँ कामदारलाई इजरायली प्रहरीले पक्राउ र दुर्व्यवहार गरेको छ । बेथलेहेममा इजरायली सेनाले १२ जना प्यालेस्टिनीलाई उनीहरूको घरमा छापा मारेपछि र लुटपाट गरेपछि पक्राउ गरेका छन् । वेस्ट बैँकमा हालैका महिनाहरूमा इजरायली सेनाको आक्रमण, छापा, गिरफ्तारी र गोलीबारी तीव्र भएको छ, जसले स्थानीय प्यालेस्टिनीमा तनाव बढाएको छ । रासस/क्युएनए