• २ भदौ २०८२, सोमबार

रुख ढल्दा घरमा क्षति

blog

त्रिवेणी नगरपालिका–९ बाँगापाटाका स्थानीय भानसिंह थापको घरमाथि खसेको रुख हटाउँदै स्थानीयहरु । तस्बिर सौजन्य : समिर थापा

शेरबहादुर सार्की 
बाजुरा, भदौ २  गते ।
बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा रुख ढलेर एक घरमा क्षति भएको छ । शनिबार राति परेको अविरल वर्षातसँगै चलेको हावाहुरीका कारण घरको पछाडी रहेको काउलाको रुख ढल्दा स्थानीय भान्सिंह थापाको घरमा ठुलो क्षति भएको हो ।

रुख ढलेर घर भत्किएपछि अहिले परिवारलाई बर्खाको समय राति बास बस्न निकै समस्या भएकोे त्रिवेणी नगरपालिका –९ का स्थानीय भानसिह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत शनिबार राति घरमाथि खसेको रुख आज बल्ल हटाएको छ । रुख हटाएपनि घरको धुरी सबै भाँचिएको छ । साथै छानामा राखेका सिलेट पनि सबै टुटुफुट भएकाले अहिले यो घरमा बास बस्न लागयको छैन ।”

बर्खाको समय यसरी रुख ढलेर घर भत्किएपछि अहिले मेरो परिवारलाई कहाँ बसेर रात काट्ने निकै समस्या भएको थापाले बताउनुभयो ।

घरको पछाडी पट्टी काउलाको ठुलो रुख थियो । त्यो रुख शनिबार राति पानीसँगै चलेको हावाहुरीका कारण रुख ढलेर घरमाथि खसेको थियो । तर मानवीय क्षति नभएपनि घरमा क्षति भएको छ । यहाँका स्थानीयको सहायतामा अहिले त्यो रुख हटाइ सकेको छ ।’’

अहिले पीडितलाई तात्काल त्रिपाल बाहेक अन्य केही व्यवस्था गर्ने स्थिति छैन । अन्य केही राहत सामग्रीका सहयोगका लागि प्रहरीको चुमुल्का बनाएर नगरपालिकामा पठाउने तयारी भइरहेको त्रिवेणी नगरपालिका –९ का वडा अध्यक्ष नन्द थापाले बताउनुभयो ।