• ७ वैशाख २०८१, शुक्रबार

न्यायाधीश घुस लेनदेनको अडियोबारे छानबिन भइराखेको छ : कानुमन्त्री शर्मा

blog

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार ९ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनको अडियोबारे छानबिन भइरहेको बताउनुभएको छ। 

केही दिनअघि जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेन कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो। 

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गर्नुभयो। 

न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगती बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘विगत केही समयदेखि यतिधेरै न्यायालयप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजबिन गर्दैछौं। कति ठिक, कति बेठिक भनेर छानबिन गर्न समितिनै गठन गरिएको छ। न्यायालय भित्र विकृति र विसंगती छन्। त्यसविरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ। त्यसको सुरुवात नियुक्तीबाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’’

मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दो आस्थालाई जोगाउन सरकार लागि परेकोसमेत बताउनुभयो।