• १३ साउन २०८१, आइतबार

प्रदेश र सङ्घको निर्वाचनमा पहिलो शक्ति हुने सम्भावना छ : अध्यक्ष दाहाल

blog

काठमाडौं, असार ९ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र सङ्घको निर्वाचनमा पहिलो शक्ति हुने सम्भावना रहेको बताउनुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो ।

‘‘स्थानीय तहको चुनावमा लेफ्टभित्रको पहिलो शक्ति हुने सम्भावना थियो । हामीले यसअघि जितेका ५० प्रतिशत पालिका हार्यौ त्यसकारण राम्रो नतिजा ल्याउन सकेनौं ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रदेश र सङ्घको निर्वाचनमा हामी लेफ्टभित्रबाट पहिलो हुने झन् ठूलो सम्भावना छ ।’’

पहिलो भयौं भने देशको राजनीतिक बागडोर हाम्रो हातमा आउने अध्यक्ष दाहालको भनाइ छ ।

‘‘त्यहाँ पहिलो भयौं भने देशको राजनीतिक बागडोर हाम्रो हातमा आउँछ । माओवादी केन्द्रकै हातमा आउँछ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रदेशमा पनि महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने ठाउँमा हुने सम्भावना छ ।’’