• २५ साउन २०८२, आइतबार

गाईजात्राको अवसरमा रुरुमा सार्वजनिक बिदा

blog

रुरुक्षेत्र गाउँपालिकाको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन २५ गते ।
आइतबार गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा साँस्कृतिक पर्व गाईजात्रा भएकाले बर्सेनी सार्वजनिक बिदा दिइने गरेको बताउनुभयो ।

आज गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थाहरू बन्द रहने छन् । रुरुक्षेत्रका रिडी, बलेटक्सार, रानिबास र टाटिम लगायतका स्थानमा नेवार समुदाय बसोबास गर्छन् । उनीहरुले जनैपुर्णिमाको राती लाखे नाच्ने र भोलिपल्ट गाईजात्रा प्रस्तुत गर्ने गरेका छन् ।