• २४ साउन २०८२, शनिबार

२०औँ एसियाड सहभागिताप्रति चिन्ता

blog

काठमाडौँ, साउन २४ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए)ले आगामी वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको सहभागिताप्रति चिन्ता व्यक्त गरेको छ ।

एनएनआइपिएले विज्ञप्ती जारी गरी नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बिचको विवादका कारण एसियाडमा खेलाडीको सहभागिता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराएको छ । 

एनएनआएपिए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘‘ विवादले मिसन–२०२६ को विशेष प्रशिक्षण र नियमित प्रशिक्षणमा रहेका खेलाडी अन्योलमा परेका छन् । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौँ ।’’

यसअघि युवा तथा खेलकुद मन्त्रालय र एनओसीबाट एसियाडमा नेपालको सहभागिताका लागि छुट्टा छुट्टै खेलको सूची पठाइएको थियो । युवा तथा खेलकुद मन्त्रालयले भने ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गरेर एसियाडमा नेपालको सहभागिता सुनिश्चित गर्ने बताएको छ ।