• २० साउन २०८२, मङ्गलबार

जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

blog

भैरवी गाउँपालिका–१ स्थित जलजलेमा स्गापना गरिएको अस्थायी प्रहरी चौकी । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख )साउन २० गते ।
दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर वरालले बताउनुभयो । उहाँले  स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर  प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी वर्दीनाथ गैरेले जलजले क्षेत्रलाई अति संवेदनशील र गौरवको आयोजनाको केन्द्रका रूपमा चिनाउँदै आएकाले चौकी स्थापनाले अपराध नियन्त्रण, विपद् व्यवस्थापन सहयोग युग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चौकी स्थापनाले  पेट्रोलियम उत्खनन् क्षेत्रको सुरक्षा, सवारी दुर्घटनाको न्यूनिकरण सहयोग पुग्ने बताउनुभयो ।

भैरबी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने बताउनुभयो । उहाँले  शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त जनाउनुभयो ।

कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वुद्धिजीवी, पत्रकार समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।