• २० साउन २०८२, मङ्गलबार

अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा

blog

अवरुद्ध बनेको मध्यपहाडी राजमार्ग सुचारु । तस्बिर : प्रदिप पन्त

प्रदीप पन्त

बागलुङ,साउन २० गते । पहिरोले अवरुद्ध बनेको मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  बागलुङको काठेखोला गाउँपालिका-६, ताराखसेमा माथिबाट रुख र लेदोसहित आएको पहिरोले राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको थियो । 

अवरुद्ध बनेको पहिरो स्काभेटर प्रयोग गरि हटाइएको र अहिले एक तर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।  

सडक अवरुद्ध हुँदा ठुला सवारी साधनमा यात्रा गर्ने बागलुङको पश्चिम निसी, भल्कोट रुकुम, रोल्पा लगाएतका स्थानका यात्रु बिच सडकमा नै अलपत्र परेका थिए । अहिले पनि सडकमा रहेको पहिरो हटाउने कार्य भइरहेको र मङ्गलबार दिउसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।