कलाकारले आफूलाई अनेकौँ कोण, विषय र विम्बमा दर्शकमाझ पोखिरहेका हुन्छन् । माध्यमका रूपमा पनि परम्परागत रूपमा प्रयोग गरिने तेल वा जलरङ होस् वा पेन्सिल, चारकोल, एक्रेलिक आदि कलाकारले आफ्नो रुचि र विषयवस्तु अनुसार प्रयोग गर्न रुचाउँछन् । कलाकार प्रकाश थापा भने बालुवाबाट आफ्नो सृजना कोर्ने गर्दछन् ।
थापा २०६४ सालमा कलाकै कामका लागि दुवई पुगेका थिए । त्यहाँ अरूले पनि विविध रङबाटै कला सृजना गर्थे । दुवईको बालुवामा केही नयाँ गर्न सकिन्छ कि भनेर प्रयोग गर्दै जाँदा उनको यो शैलीको विकास भएको रहेछ । त्यहीँ उनले दृश्यचित्रणका साथै मुहारचित्र पनि बालुवाबाटै बनाए । सुरुमा त मान्छेले बालुवाको कला हो भन्दा पत्याएनन् । पछि राम्ररी नियालेपछि बल्ल विश्वास गर्न बाध्य भए ।
भरतपुरका प्रथाले नारायणीको बालुवाबाटै ३७ जना साहित्यकारका मुहारचित्र बनाएर गैँडाकोटमा प्रदर्शनी गरिसकेका छन् ।
प्रस्तुत चित्र पनि बालुवाबाटै बनाइएको छ । घान्द्रुकको वास्तुकलालाई राम्ररी संरक्षण गरिनु पर्छ भन्ने ध्येयले यो कला सृजना गरिएको रहेछ । बालुवा नै भए पनि कलाकार यसमा दुरान्तर, गहिराइ, छाया र प्रकाशको प्रभावलाई जीवन्त रूपमा देखाउन सक्षम देखिएका छन् ।
–युवामञ्च