• १७ साउन २०८२, शनिबार

ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ

blog

फाइल तस्बिर

विनय कर्ण

कल्याणपुर (सप्तरी), साउन १७ गते । सिराहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । 

त्यसैगरी सोही ठाउँका ३२ वर्षीय जीवछ साह, औरही गाउँपालिका-३ का ४२ वर्षीय राजेन्द्र यादव, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत-१४ का ३९ वर्षीय वैजनाथ चौधरी र ३० वर्षीय रमेश कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रक्राउ परेका उनीहरूको साथबाट पाँच वटा बोरामा भरिएको करिब १०३ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।