• १७ साउन २०८२, शनिबार

खोल्सामा खसेर एकको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, साउन १७ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१४, नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज देवचुली नगरपालिका–१६, रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको मृत्यु भएको हो ।

शुक्रबार साँझ घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनी साइकल लिइ हिडेका उहाँको आज शव भेटिएको छ । उहाँलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

घटनास्थल नजिकै साइकल फेला परेको र उहाँ साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।