काठमाडौँ, साउन १५ गते । नेपाल राष्ट्र बैङ्कले सबिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५८ पैसा र बिक्रीदर १४० रुपियाँ १८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ९४ पैसा र बिक्रीदर १६१ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ४९ पैसा र बिक्रीदर १८७ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५८ पैसा र बिक्रीदर ९० रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ २२ पैसा र बिक्रीदर १०१ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २६ पैसा र बिक्रीदर १०८ रुपियाँ ७३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ९२ पैसा र बिक्रीदर ३३ रुपियाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५७ पैसा र बिक्रीदर २१ रुपियाँ ६६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७८ पैसा र बिक्रीदर १७ रुपियाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २४ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०९ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस