• १२ साउन २०८२, सोमबार

पौडीमा जेम्स च्याम्पियन

blog

काठमाडौँ, साउन १२ गते । अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन बनेको छ । जेम्सले कुल आठ सय ४१ फिना अङ्कसहित पहिलो स्थान हात पारेको हो । 

सातदोबाटोस्थित अन्त्र्राष्ट्रिय पौडी पोखरीमा सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग बाटिका पाँच सय ६९ अङ्कसहित दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल तीन सय ६९ अङ्कसहित तेस्रो भयो ।

विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । सङ्घले प्रतियोगिताको समापन समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरेको थियो । 

५३ स्पर्धा समावेश पौडी प्रतियोगिातमा दुई सय ५० खेलाडीको सहभागिता थियो । यस प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास सङ्घले गरेको छ ।