• १३ साउन २०८२, मङ्गलबार

कपिलवस्तुमा भोलि सार्वजनिक बिदा

blog

नारद कोहार

तौलिहवा(कपिलवस्तु), साउन १२ गते । कपिलवस्तुका सात पालिकाले भोलि (मङ्गलवार) नाग पञ्चमीको अवसरमा स्थानीय बिदा दिइएको छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, बाणगंगा, महाराजगंज नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकाले स्थानीय बिदा दिइएका हुन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलका अनुसार नगरपालिका क्षेत्रमा मनाइने नाग पञ्चमी पर्वको अवसरमा नगर क्षेत्र भित्र पर्ने  अति आवश्यक सेवा बाहेक सम्पूर्ण संस्थाहरूलाई स्थानीय बिदा दिइएको बताउनुभयो  । उहाँले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरू, शिक्षण संस्थामा बिदा दिइएको बताउनुभयो ।  

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी मनाइने गरिन्छ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।