• १२ साउन २०८२, सोमबार

बागमती नदीको वगरमा एक वृद्धको शव फेला

blog

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १२ गते ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको बगरमा एक वृद्ध व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो  ।

भलोहियास्थित अनिल इटा उद्योगभन्दा पूर्व बागमती नदी पारी वगरमा आइतबार शव फेला परेको प्रवक्ता रायले बताउनुभयो ।
मृत्यु हुनेमा सर्लाही रामनगर गाउँपालिका–३ बहुअर्वा झण्डा टोलका ६० वर्षीय रामजनम दास तत्मा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

बिहीबार बिहानै घास काट्न घरबाट निस्किनु भएका तत्मा सम्पर्कविहीन भए पछि खोजी कार्य गरिएको थियो । मृतक तत्माको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रवक्ता रायले जानकारी दिनुभयो ।