• १२ साउन २०८२, सोमबार

छत्रपाटी निःशुल्क चिकित्सालयमा कसरी सेवा प्रवाह हुन्छ

blog

काठमाडौँ, साउन १२ गते । छत्रपाटी निःशुल्क चिकित्सालय’ पछिल्ला समय सर्वसाधारणको आशाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । 

छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौँमा रहेको पुरानो सामुदायिक अस्पताल मध्येको एक हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १७ मा अवस्थित यो अस्पतालको स्थापना विस २०१३ सालमा स्थानीयले १० रुपियाँमा सुरु गरेका हुन् । 

अस्पतालका अध्यक्ष डा.मनोजमान श्रेष्ठले छत्रपाटीका स्थानीय बासिन्दालाई घाउचोट लागेको बेलामा निःशुल्क मलमपट्टी गर्ने उदेश्यले उक्त अस्पताल सानो कोठाबाट सुरु गरेको बताउनुहुन्छ ।

हाल यो अस्पतालले सबै सेवाको उपचार उपलब्ध गराउँदै आएको छ । अध्यक्ष डा.श्रेष्ठले हाल यो अस्पताललाई २५ शय्यामा विस्तार गरिएको जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार अस्पतालमा दैनिक चारदेखि पाँच सय बिरामी ओपिडी सेवा लिने गर्छन् । 

अस्पतालमा आकस्मिक सेवा, जनरल वार्ड, प्रयोगशाला, शल्यक्रिया, आइसियू र भेन्टिलेटरसहितका विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको डा. श्रेष्ठ बताउनुुहुन्छ ।   

यो अस्पतालले उपत्यका र उपत्यका वरिपरीका बिरामीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको डा. श्रेष्ठको दाबी छ ।  

अस्पतालले सिटी स्क्यान, इन्डोस्कोपी, एक्स्रे, म्यामोग्राम, इसिजी, ल्याब परीक्षण र फार्मेसी सेवा न्यूनतम शुल्कमा उपलब्ध गराउँदै आएको छ । 

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालले काठमाडौँ महानगरपालिका र सहयोगी दाताको सहयोग अत्याधुनिक आठ तले भवन निर्माण गरेको छ।  उक्त भवनमा मोडुलर शल्यक्रिया कक्ष, डिजिटल एक्सरे, एमआरआई, सिटी स्क्यान लगायतको विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको डा. श्रेष्ठले सुनाउनुहुन्छ ।  

नयाँ भवन सञ्चालनमा आएपछि अस्पताललाई नेपालकै नमुना अस्पतालका रूपमा विकसित गर्ने योजना डा. श्रेष्ठको छ ।  

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालले सेवा सुविधा कसरी सञ्चालन गर्दै छ भन्ने विषयमा केन्द्रित भई अस्पतालका अध्यक्ष डा.मनोजमान श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि तयार गरिएको भिडियो संवादः

भिडियो : मनोजरत्न शाही  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।