• १२ साउन २०८२, सोमबार

‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गर्‍यो

blog

काठमाडौं, साउन १२ गते । नेपालको चर्चित डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा सञ्चालन गर्न आवश्यक पर्ने आधिकारिक अनुमति प्राप्त गरेको छ। अस्ट्रेलियन ट्रान्जेक्सन रिपोर्टिङ एजेन्सी अन्तर्गतको रेमिट्यान्स लाइसेन्स पाएको कम्पनीले नेपाली समुदायका लागि छिटो, सुरक्षित र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

अब अस्ट्रेलियाबाट पठाइएको रकम हाम्रो पात्रो रेमिट मार्फत नेपालमा अवस्थित बैंक खातामा तत्कालै जम्मा गराउन सकिनेछ। कम्पनीका अनुसार यो सेवा उच्च विनिमय दरमा उपलब्ध हुनेछ, जसले प्रयोगकर्तालाई थप आर्थिक फाइदा पुर्‍याउनेछ।

अस्ट्रेलियामा दिनप्रतिदिन विस्तार भइरहेका नेपाली समुदायलाई लक्षित गर्दै कम्पनीले रेमिट्यान्स सेवामार्फत प्रवासी नेपालीलाई आफ्ना परिवार र समुदायसँग आर्थिकरूपमा थप सशक्त रुपमा जोड्ने उद्देश्य राखेको छ ।

यसैबीच, सेवा सुरु गरिएको अवसरमा ‘हाम्रो पात्रो’ले शुरुवाती ५,००० प्रयोगकर्ताका लागि विशेष अफर घोषणा गरेको छ। अफर अन्तर्गत, अस्ट्रेलियाबाट १०० अष्ट्रेलियन डलरसम्म रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलरको विनिमय दर रू.१०० कायम गरिएको छ। यो दर हालसम्मको अस्ट्रेलिया-नेपाल रेमिट बजारमा अत्यन्त प्रतिस्पर्धात्मक मानिएको छ।

कम्पनीकी फिनटेक निर्देशक सुदिना गौतमका अनुसार,“हाम्रो पात्रोको उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार र समुदायसँग जोड्ने माध्यम बन्नु हो। अस्ट्रेलियाबाट प्राप्त रेमिट लाइसेन्ससँगै, हामी अब अझ छिटो, विश्वसनीय र पारदर्शी सेवा दिन सक्षम भएका छौं।”

उहाँका अनुसार, यो सेवा लुकेका शुल्कबिना, सरल प्रक्रिया र सुरक्षित माध्यममार्फत प्रदान गरिनेछ। प्रयोगकर्ताले एकपटक केवाइसी प्रमाणीकरण गरेर आफ्नो बैंक विवरण भरेपछि केही क्लिकमै पैसा पठाउन सक्नेछन्।

‘हाम्रो पात्रो रेमिट’ सेवा प्रयोग गर्नको लागि प्रयोगकर्ताले हाम्रो पात्रो मोबाइल एप वा remit.hamropatro.com/aus वेबसाइटमा जान सक्नेछन्।

अस्ट्रेलियामा सेवा सुरु गरेसँगै ‘हाम्रो पात्रो’ले विश्वभर रहेका नेपाली समुदायलाई प्रविधि र सेवामार्फत जोड्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।