• ११ साउन २०८२, आइतबार

घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु

blog

आगलागीबाट ज्यान गुमाएकी धुर्कोट गाउँपालिका–५ की जुना विक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा, साउन ११ गते ।
गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपनि कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।