काठमाडौँ, साउन ७ गते । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा पाँच पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नुहुने छ । महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले प्रतिस्पर्धा गर्नुहुने छ ।
यस्तै पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नुहुने छ ।
प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले बिदाइ गर्नुभयो ।