• ८ साउन २०८२, बिहिबार

इरान, रूस र चीनबिच आणविक कार्यक्रममा केन्द्रित वार्ता सुरू

blog

तेहरान, साउन ७ गते । इरान, रूस र चीनका कूटनीतिक प्रतिनिधिमण्डलले तेहरानमा आणविक वार्ताको क्रममा इरानमाथि लगाइएको प्रतिबन्ध हटाउने र अन्य सम्बन्धित विषयमा छलफल गर्न त्रिपक्षीय बैठक गरेका छन् । 

बैठकमा प्रतिनिधिहरूले परामर्श कायम राख्न र आवाश्यक समन्वय गर्न आ–आफ्नो देशहरूको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै आगामी हप्ताहरूमा विभिन्न तहमा यस्ता बैठकहरू जारी राख्न सहमत भएका छन् । त्रिपक्षीय वार्तामा रूसी र चीनियाँ प्रतिनिधिमण्डलका प्रमुखहरूले इरानको राजनीतिक मामिलाका लागि उपविदेश मन्त्री र विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा महानिर्देशकसँग पनि छुट्टै भेटवार्ता गरेका छन् । रासस/क्युएनए