• ८ साउन २०८२, बिहिबार

चितवन र लुम्बिनी लायन्सको नयाँ लोगो

blog

काठमाडौँ, साउन ७ गते । चितवन र लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।

लुम्बिनीको नयाँ लोगोमा  मायादेवी मन्दिर, अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएको बताईएको छ । 

जसले इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबाहादुर जिसीले लोगोमा खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एकै प्रतीकमा समेटेको बताउनुभयो । लोगोमा रहेको सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको शान्तिदीपलाई प्रतिनिधित्व गर्छ ।

यस्तै चितवन राइनोजले पनि बुधबार लोगो सार्वजनिक गरेको हो । चितवन राइनोजमा गैँडालाई मुख्य लोगोको रुपमा प्रयोग गरिएको छ । चितवन राइनोजको नयाँ लोगोले दर्शकको रोजाइ र राइनोजको मर्मलाई बुझेको अध्यक्ष आयुश न्यौपानेले बताउनुभयो । 

एनपिएलका लागि अहिले टोलीले खेलाडी अनुबन्ध र रिलिजको काम सकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलका लागि अक्सनबाट अनुबन्ध हुने खेलाडीको दर्ता प्रक्रियाका लागि आवेदन खुलागरी दर्ता प्रक्रिया समेत साउन ६ गते सकिसकेको छ ।