गोरखापत्र अनलाइन
काठमाडौं, साउन ७ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सांसदका प्रश्नको जवाफ दिनुभएको छ । त्यसपछि सदनको कारबाही अन्य कार्यसूचीमा प्रवेश गरेको छ ।