गुणबहादुर रोका
सुलीकोट, साउन ७ गते । गोरखाका प्रशान्त सिलवाल १० दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–८ जौबारीका सिलवाल घरबाट हराएको १० दिनपछि मङ्गलबार बेलुका मृत अवस्थामा फेला पर्नुभएको हो ।
गत असार २८ गते बिहान काठमाडौँबाट तनुहँको एक्ले फाँटमा माईक्रो बसबाट ओर्लिएर बेपत्ता भएको १० दिनपछि नबलपरासीको त्रिबेणी नदीको बाँधमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा घर भई हाल काठमाडौँमा व्यापार गर्दै आउनुभएका ४२ वर्षीय सिलवाल असार २८ गतेदेखि परिवारलाई खबरै नगरी मोबाइल अफ गरी बेपत्ता हुनुभएको सिलवालका आफन्त दिपक कँडेलले बताउनुभयो ।
सिलवाल सम्पर्कविहीन भएपछि मृतकको आफन्तले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दिएपछि प्रहरीले खोजी कार्यलाई पारेको १० दिन पछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृतक सिलवलको शव मध्यबिन्दु अस्पतालमा पोष्टमार्टमका लागि लगिएको र त्यसपछि अन्त्यष्टिका लागि परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।