काठमाडौँ, साउन २ गते। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्ध गरेको छ।
पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा स्थान पाउनुभएको थियो।
रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्त्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्ध गरेको कर्णाली यसभिएसले जनाएको छ।
हेड कोच राई पनि पुराना अनुभवी मानिनुहुन्छ। उहाँ दोस्रो संस्करणमा दोहोरिनुभएको हो। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।