• २ साउन २०८२, शुक्रबार

इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान

blog

तेहरान, साउन २ गते । आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताउनुभएको छ । 

“यदि इयू÷इ–३ ले भूमिका खेल्न चाहन्छ भने, उनीहरूले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ र खतरा र दबाबको जीर्ण नीतिहरूलाई अलग राख्नुपर्छ, अराघचीले एक्समा लेख्नुभएको छ । इयूले प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा आएको तर उनीहरूसँग यसका लागि कुनै नैतिक वा कानुनी आधार छैन,” उहाँले भन्नुभयो । 

उहाँले अगाठि थप्नुभयो, “अब कुनै पनि नयाँ चरणको वार्ता अर्को पक्ष निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार हुन्छ त्यतिबेला मात्र सम्भव हुनेछ ।” अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । 

फ्रान्सको विदेश मन्त्रालयले भनेको छ, “युरोपेली कूटनीतिज्ञहरूले अराघचीलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्ने आफ्नो दृढताबारे बताएका थिए । स्न्यापब्याक इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ । ग्रीष्मयामको अन्त्यसम्म इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताको दिशामा ठोस प्रगति नभएमा स्न्यापब्याक इयूले स्नापब्याकका सिफारिस गर्नसक्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ । रासस/एएफपी