नेपालको संविधान जारी भएपश्चात् दोस्रो अवधिका लागि २०७९ सालमा तीन तहकै निर्वाचन सम्पन्न भए । वैशाख ३० गते एकै चरणमा स्थानीय तहको, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भयो । अब आगामी निर्वाचन २०८४ सालमा गर्नुपर्ने संवैधानिक व्यवस्था छ । लोकतन्त्रमा आवधिक निर्वाचनलाई पूर्वसर्तका रूपमा मानिन्छ । निर्वाचन स्वतन्त्र, स्वच्छ र विश्वसनीय हुनु पर्छ । निर्वाचन व्यवस्थापन एवं प्रक्रियासम्बन्धी व्यवस्था संविधान र निर्वाचनसम्बन्धी कानुनमा गरिएको हुन्छ । प्रविधिको प्रयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, पारदर्शी, विश्वसनीय र सुरक्षित बनाउन सहयोग पु¥याउँछ । प्रविधिको प्रयोगले मतदाताको सङ्ख्या गणना, मतपत्र गणना र मतदाताको पहिचान सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ । यस्ताखाले प्रविधिको प्रयोगले निर्वाचन प्रक्रियामा जनविश्वास बढाउन र त्रुटि घटाउन सहयोग गर्छ । निर्वाचन व्यवस्थापनका हरेक प्रक्रियामा प्रविधिको प्रयोगले महत्वपूर्ण अर्थ राख्ने गर्छ ।
कृत्रिम बौद्धिकतालाई अङ्ग्रेजीमा आर्टिफिसियल इन्टेलिजेन्स ( एआई) भनिन्छ । एआई नवीनतम प्रविधिमा विश्वमा विकसित भएको सबैभन्दा पछिल्लो प्रविधि हो । विश्वमा यो प्रविधिको चर्चा र प्रयोग बढ्न थालेको छ । निर्वाचन व्यवस्थापनको प्रव्रिmयामा एआई प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ । निर्वाचन प्रक्रियामा एआईको प्रयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुग्छ । मतदाताको डेटा विश्लेषण गर्न, फर्जी समाचार फैलावटको पहिचान गर्न, गलत सूचना र साइबर आक्रमणको पहिचान गर्न, निर्वाचनमा हुने असामान्य गतिविधि निगरानी गर्न र निर्वाचनको समयमा निम्तन सक्ने सम्भावित खतरा हटाउन यसले सहयोग पु¥याउँछ । मतदाताको पहिचान र प्रमाणीकरण प्रक्रियामा बायोमेट्रिक विधि (जस्तै, अनुहार पहिचान, औँठाछाप पहिचान) लाई सुधार गर्न सकिने सम्भावना हुन्छ । नक्कली मतदान रोक्न र मतदाताको वास्तविकता सुनिश्चित गर्न एआईको प्रयोग गर्न सकिन्छ । मत परिणामको वास्तविक विश्लेषण गर्न र प्रतिवेदन तयार गर्न एवं मतगणना प्रव्रिmयालाई छिटोछरितो र पारदर्शी बनाउन मद्दत पु¥याउँछ । निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेको स्थितिमा त्यसको दक्षता र सुरक्षा परीक्षण गर्न यसको प्रयोग गर्न सकिन्छ । एआईले मेसिनको विश्वसनीयता सुनिश्चित गर्न र सम्भावित त्रुटि पहिचान गर्न पनि सहयोग पु¥याउन सक्छ । उम्मेदवारको भाषण, घोषणापत्र र प्रचार सामग्रीको विश्लेषण गर्नसमेत यो प्रविधिको प्रयोग गर्न सकिन्छ ।
चुनावी सामग्रीमा गलत सूचना वा भ्रामक सामग्री पहिचान गर्न तथा गलत सूचना फैलाउने प्रयास पहिचान गर्न र तिनलाई रोक्न एआई प्रयोग गर्न सकिन्छ । यस प्रविधिको सहयोगले मतदान केन्द्रहरूको व्यवस्थापन गर्न तथा विगतका निर्वाचन डाटा र वर्तमान परिस्थितिको विश्लेषण गरी आगामी निर्वाचनको सम्भावित नतिजा भविष्यवाणी गर्नसमेत मद्दत पु¥याउन सक्छ । उल्लिखित क्षेत्रहरूमा एआईको प्रयोगले निर्वाचन प्रक्रियालाई अधिक प्रभावकारी, पारदर्शी, र सुरक्षित बनाउन सक्छ, जसले जनताको विश्वास बढाउन मद्दत पु¥याउँछ ।
निर्वाचनमा एआईको प्रयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउने सम्भावना र अवसर छ । यसले सिर्जना गर्ने चुनौती पनि उत्तिकै छन् । निर्वाचनमा एआईको प्रयोग गर्दा त्यसको निष्पक्षता सुनिश्चित गर्ने एवं डाटा गोपनीयताको सुरक्षा तथा एआई प्रणालीको सही र पारदर्शी कार्यान्वयन गर्ने चुनौती रहेको हुन्छ । निर्वाचनमा उम्मेदवार तथा पार्टीका धारणाबारे भ्रामक जानकारी फैलाउन एआईको व्यापक प्रयोग भइरहेको पाइन्छ । गलत व्यक्तिलाई पनि सही भन्नका लागि डिपफेक प्रविधिमार्फत भोट बटुल्न एआईले मद्दत गर्ने गर्छ । एक भाषामा बोलेर अन्य भाषिक समुदायलाई रिझाउन, आफूले थाहा नभएको विषयमा पनि सम्बन्धित क्षेत्रका नागरिकलाई आफू जानकार भएको विश्वास दिलाउन र उनीहरूको प्रिय उम्मेदवार बनेर भोट आफ्नो पोल्टामा पार्ने गराउउन एआईको प्रयोगले सहयोग पु¥याउन सक्ने हुँदा यस्ता कार्यलाई रोक्ने चुनौती हुन्छ । यसको गलत प्रयोगले डेटा चोरी, ह्याकिङ वा चुनावको विश्वसनीयता तथा निष्पक्षतामा प्रभावित गर्न सक्छ ।
एआई प्रणालीहरूमा पूर्वाग्रह हुन सक्छ, जसले गलत निर्णय, असमानता वा भेदभाव निम्त्याउन सक्छ । एआईलाई गलत सूचना फैलाउने साधनका रूपमा प्रयोग गर्न सक्ने हुँदा यसले मतदातालाई भ्रमित गर्न सक्छ र चुनावको परिणामलाई प्रभावित गर्न सक्छ । मतदाता र अन्य सरोकारवालालाई एआई प्रणालीको कार्यक्षमता र पारदर्शितामा विश्वास कायम गर्न चुनौतीपूर्ण हुन सक्छ । एआई प्रणालीमा प्राविधिक त्रुटि भएको अवस्थामा निर्वाचन प्रक्रियामा समस्या निम्त्याउन सक्छन् । एआईको प्रयोगसँग सम्बन्धित कानुनी र नैतिक प्रश्नसमेत उठ्न सक्छ । मतदाताको गोपनीयता, स्वीकृति बिनाडाटा प्रयोग र एआईको निर्णयमा मानव हस्तक्षेप जस्ता समस्या आउन सक्छन् । एआईमा अत्यधिक निर्भरताले गर्दा मानिसको निर्णय क्षमतामा कमी ल्याउन सक्छ । प्रणालीमा कुनै त्रुटि भएमा ठुलो जोखिम हुन्छ ।
लोकतान्त्रिक निर्वाचन प्रणालीमा एआईको प्रयोग अवसरसँगै चुनौती बनेर आउँछ । उल्लिखित चुनौतीको समाधान गर्न केही रणनीतिक उपाय अवलम्बन गर्नु आवाश्यक हुन्छ । साइबर सुरक्षाका उपाय तथा डाटा भण्डारण प्रणाली प्रयोग गर्नुका साथै गलत जानकारी पहिचान र रोकथाम गर्न एआईमा आधारित फ्याक्ट–चेकिङ टुल प्रयोग गर्नु पर्छ । गलत जानकारीको प्रचारमा संलग्न सामाजिक सञ्जाल र प्लेटफर्मसँग साझेदारी गरी कडा निगरानी र कदम चाल्नु पर्छ । मतदातालाई शिक्षित गर्न र उनीहरूलाई सही जानकारीको महìवबारे जागरुक बनाउनु जरुरी हुन्छ । एआई प्रणालीको काम गर्ने तरिका र निर्णय प्रक्रियालाई पारदर्शी बनाउनु पर्छ । निर्वाचन प्रक्रियामा प्रयोग गरिने एआई प्रणालीको तेस्रो पक्षद्वारा अडिट र प्रमाणीकरण गराउनुका साथै एआई प्रणालीको नियमित मर्मत, परीक्षण र अपडेट गराउनु पर्ने आवश्यकता हुन्छ । एआईको प्रयोगमा स्पष्ट कानुन र नीति विकास गर्नु आवश्यक हुन्छ । मतदाताको सहमति र गोपनीयताको अधिकारको सम्मान गर्नु तथा नैतिक मापदण्ड विकास गरी एआई प्रणालीको प्रयोगलाई मार्गदर्शन गर्नु आवाश्यक हुन्छ ।
निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने तथा राष्ट्रिय महìवको विषयमा जनमत सङ्ग्रह गराउने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार तथा निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्नेसमेतको काम, कर्तव्य र अधिकार निर्वाचन आयोगलाई संविधानले तोकेको छ । निर्वाचन आयोग ऐन, २०७३ मा आयोगले निर्वाचन व्यवस्थापनका लागि नवीन प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाउने छ भनी उल्लेख गरिएको छ । सोह्रौँ आवधिक योजनामा लोकतन्त्रको आधारका रूपमा रहेको निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउनु तथा आधुनिक प्रविधिको उदयसँगै निर्वाचन प्रक्रिया व्यवस्थापनमा यसको नकारात्मकतालाई निराकरण गर्दै निर्वाचनको स्वच्छता जोगाइराख्नु र निर्वाचन व्यवस्थापनलाई कम खर्चिलो र बढी प्रभावकारी बनाउनु मुख्य चुनौती हो ।
निर्वाचन प्रणालीका विभिन्न चरणमा घरदैलो कार्यक्रमलाई निरुत्साहित गर्दै आधुनिक प्रविधिको प्रयोग गरी निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, मर्यादित र मितव्ययी बनाउन आवश्यक कानुनी व्यवस्था गर्ने गरी रणनीति तय गरिएको छ । निर्वाचन प्रणालीमा नवीनतम प्रबिधिको उच्चतम प्रयोग गरी मतदाता नामावली नियमित रूपमा दर्ता र अद्यावधिक गर्ने तथा निर्वाचनको समयमा सामाजिक सञ्जाल, इन्टरनेट र कृत्रिम बौद्धिकताको माध्मबाट हुन सक्ने घृणाजनक अभिव्यक्तिको निगरानी र न्यूनीकरणका लागि प्रविधिको उच्चतम प्रयोग गर्नेसमेतको कार्यक्रम राखिएको पाइन्छ । आयोगको पञ्चवर्षीय रणनीतिक योजनामा समेत निर्वाचनमा प्रविधिको प्रयोगलाई उच्च महत्व दिइएको छ । आज अधिकांश लोकतान्त्रिक देशका निर्वाचन व्यवस्थापन गर्ने निकायले निर्वाचनका हरेक चरणमा नवीनतम प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउने कार्यमा सफल भएका छन् ।
निर्वाचन आयोगले अब आउने आमनिर्वाचनमा निर्वाचन व्यवस्थापनका हरेक चरणमा नवीनतम सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गर्नु आवश्यक छ । एकातिर निर्वाचनमा कृत्रिम बौद्धिकताको प्रयोग गरी निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउने अवसर छ भने अर्कोतिर यसको दुरुपयोग रोकी नियमनलाई असरदायी तथा प्रभावकारी बनाउनुपर्ने चुनौती छ । यसका लागि आयोगले आजैबाट पूर्वतयारीका कार्य जस्तै नीतिगत एवं कानुनी व्यवस्था, पूर्वाधार एवं जनशक्तिको व्यवस्था, स्रोतसाधनको व्यवस्था, व्यवस्थापकीय सुधारसमेतका लागि उचित कार्ययोजनासहितको कार्यान्वयन योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । यस कार्यका लागि आयोगलाई नेपाल सरकार, व्यवस्थापिका संसद्, राजनीतिक दल, निजी तथा गैरसरकारी क्षेत्रलगायत सबै सरोकारवाला पक्षबाट आवाश्यक सहयोगको खाँचो छ ।