• ६ जेठ २०८१, आइतबार

भिरबाट लडेर अस्मिताको मृत्यु

blog

रुकुम पश्चिम, असार ६ गते । घर नजिकैको भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेर अस्मिताको मृत्यु भएको हो । त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोट खलंगामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहोर फाल्न गएको बेला चिप्लिएर लडेको बताइएको छ । 


Author

राजु लामिछाने