• ३२ असार २०८२, बुधबार

भजनीमा थारु सङ्ग्रहालय पार्क

blog

थारु संग्रहालय पार्कमा बनेको संरचनाको उद्घाटन गर्दै नगर प्रमुख र उपप्रमुख । तस्बिर : खेमराज पाण्डेय

अविनाश चौधरी

धनगढी, असार ३१ गते । कैलालीको भजनी नगरपालिका–२ रजवारामा थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आएको छ । 

पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । 

संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेट दिएपछि सङ्ग्रहालयको संरचना निर्माण भएको वडा अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । उहाँले वडा कार्यालयलेपनि केही रकम सहयोग गरेको जनाउँदै थप्नुभयो,“थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आइसक्यो । सङ्ग्रहालयको घरहरुमा अझै सामग्रीहरु राख्न बाँकी छ ।”

थारु सङ्ग्रहालय पार्कको नगर प्रमुख केवल चौधरी र उपप्रमुख राजुदेवी तिरुवाले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । त्यस क्रममा प्रमुख चौधरीले प्राकृतिक रुपमा सुन्दर भजनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले थारु सङ्ग्रहालयका घरहरुलाई थारु मोडेलमा बनाउनु पर्ने उल्लेख गर्दै भन्नुभयो,“थारु समुदायको हरेक रीतिरिवाज, चालचलनलाई मान र मर्यादाका साथ अगाडि लैजानू पर्दछ ।”

प्रमुख चौधरीले थारु सङ्ग्रहालयसहितको पार्क भजनी नगरपालिकाको सान र मान रहेको उल्लेख गर्नुभयो ।