• १५ असार २०८२, आइतबार

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

blog

फाइल तस्बिर ।

बोमलाल गिरी

नवलपुर, असार १५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । दुम्किवासको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएको र वैकल्पिक बाटो समेत अवरुद्ध हुँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । 

डाइभर्सन पटक पटक खोलाले बगाएपछि पछिल्लो समय साना सवारीसाधन होङ्सी सिमेन्ट कारखानाको गेट हुँदै सर्दी भएर दुम्किवास निस्कने गरेका थिए भने ठूला सवारी साधन डाइभर्सनबाट पार हुँदै आएका थिए । 

वैकल्पिक मार्ग अन्तर्गत विनयी त्रिवेणी–१ स्थित खरङ्गे खोलामा पानीको बहाव बढी भएकाले अवरुद्ध भएको हो । यो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । वर्षा रोकिएर पानीको बहाव कम नहुँदासम्म यहाँबाट कुनै पनि सवारीसाधन आवतजावत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक मधु नेपालले बताउनुभयो । 

बाटो बन्द हुँदा गाडीको लामो जाम लागेको छ भने होल्डमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।