• ९ असार २०८२, सोमबार

बेपत्ता पूर्व वडा सदस्य मृत फेला

blog

मृत अवस्थामा फेला पर्नुभएको बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा, असार ९ गते ।
बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला पर्नुभएको छ । आइतबार दिउँसो २ः४५ बजे घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उहाँलाई बगाएको थियो ।

बाढीले बगाएर बेत्तपा हुनुभएको बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता उहाँलाई आइतबार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिनुभएको थिएन । आज बिहान खोलामा पानीको बहाव घटेपछि उहाँ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामी घटना स्थलमा पुगेका छौँ । केही समयपछि उहाँलाई पाेस्टर्माटमका लागि जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी छ ।”