शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । नेपाली सेनाले अमेरिकी सेनासँग रणनीतिक साझेदारी कार्यक्रम (एस.पि.पि) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ । सेनाले बुधबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सो धारणा सार्वजनिक गरेको हो ।
नेपाली सेनाले ध्यानाकर्षणपत्रमा स्पष्ट पार्दै भनेको छ, ‘‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवम् सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ ।’’