• ५ साउन २०८१, शनिबार

अमेरिकाले गरेको १० बुँदे प्रस्तावबारे सदनलाई जानकारी गराउन माग

blog

काठमाडौं, जेठ ३१ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवारले अमेरिकाले गरेको १० बुँदे प्रस्तावबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद सुवारले अमेरिकाले १० वटा बुँदामा नेपाल सरकारलाई सहीछाप गराउने तयारी भएको जानकारी दिनुभयो ।

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यसबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरुले भन्नुहुन्थ्यो ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ ।’’

१० बुँदे सम्झौतामा नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने, नेपाललाई समेत समेटेर अमेरिकाले बजेट बनाइसकेको, नेपालको गाडी र हल्का वायुयान पनि अमेरिकाले प्रयोग गर्ने, सरकारको स्वामित्वको जमिन प्रयोग गर्ने, उत्तरी क्षेत्रमा संयुक्त सैनिक अभ्यास गर्ने, घातक सैन्य सामग्री ल्याउने र अमेरिकाले ल्याएको सामग्रीमा कर छुट दिने, प्रधानसेनापतिकाे अमेरिका भ्रमणमा यी सबैमा सहीछाप गराइने र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई समेत समर्थन गराइने भन्ने आएको उहाँको भनाइ छ ।