• २३ जेठ २०८२, शुक्रबार

कांग्रेस सभापति देउवा धनुषा आउनुहुँदै

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, जेठ २२ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धनुषा जिल्ला आउन लाग्नुभएको छ । उहाँले जिल्लाको दुई कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।

देउवा शहीद ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी हुन धनुषाधाम नगरपालिका–१, गोविन्दपुरस्थित कार्यक्रमस्थल आउन लाग्नुभएको हो । सो अवसरमा उहाँले शहीद ढुङ्गानाको शालिक अनावरण गर्नुका साथै उहाँको जीवनीमा आधारित पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“भोलिपल्ट शुक्रबार देउवा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित प्रदेश सरकारको सात करोडको लागतमा निर्मित मैथिली विकास कोष भवनको समुद्घाटन कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।”

उक्त कार्यक्रमहरूमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।