• ११ वैशाख २०८१, मङ्गलबार

आयोजक कोटेश्वर टिम च्याम्पियन

blog

तेक्वान्दोमा टिम च्याम्पियन कोटेश्वरका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, जेठ ३० गते । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वरले पाँच स्वर्ण, दुई रजत र पाँच कांस्य पदक सहित च्याम्पियन बनेको हो ।

दास्रो भएको बाँकेले चार स्वर्ण, दुई रजत र दुइई कांस्य हात पा¥यो । चार स्वर्ण, एक रजत र तीन कांस्यपदक सहित चन्द्रागिरीले तेस्रो स्थानमा चित्त बुझायो । शीर्षस्थान स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार पाए ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समिर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेलमगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेतालाई काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा २२ जिल्लाका ६ सय खेलाडी सहभागी थिए ।