• १९ जेठ २०८२, सोमबार

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

blog

घटनास्थलमा स्थानीयहरूको भिड । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), जेठ १७ गते । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

जिल्लाको कञ्चनरूप नगरपालिका १२ स्थित धरमपुर बरगाछी घर भएका ६६ वर्षीया केदार विष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

शनिवार विहान विष्ट आफ्नो घर देखी करिब सय मिटर टाढा आफ्नै मकै बारीमा मकै कुर्न बसेको अवस्थामा जङ्गली हात्ती आएर आक्रमण गर्दा उनको घटनास्थलमै मुत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।