एकिन्द्र तिमिल्सेना
टीकापुर, जेठ १२ गते । लाइसेन्स बिनाका अटोरिक्सा चालकलाई प्रहरीले कारबाही गर्न थालेपछि टीकापुरका अटो चालकहरू आन्दोलित भएका छन् । चालक अनुमतिपत्र नभएका चालकलाई जरिवाना काट्ने र अटोरिक्सा नियन्त्रणमा लिन थालेको छ ।
पटकपटक पक्रेर जरिवाना तिराउने क्रममा आइतबार २९ वटा अटोरिक्सा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखिएका छन् । प्रहरीले कारबाही थालेपछि रिक्सा चालकहरुले सोमबार विरोध जनाएका छन् । चालकहरुले नगरपालिकाले रिक्सा दर्ता गरिदिनुपर्ने, यातायात कार्यालयले ट्रायल लगिदिनुपर्ने तबसम्म रिक्साहरु निर्वाध चलाउन पाउनुपर्ने रिक्सा चालकहरूको माग छ ।
पहिले अटोरिक्साको लाइसेन्स पाउने व्यवस्था थिएन अहिले तत्काल लाइसेन्स पाइँदैन प्रहरीले चालक अनुमतिपत्र नभएको भन्दै पटकपटक जरिवाना काट्न थालेपछि समस्या भएको छ, पेट्रोल तथा विद्युतीय रिक्सा सञ्चालक समिति टीकापुरका अध्यक्ष लोकबहादुर बुढा भन्नुहुन्छ, "छ सय जसत चालकले तुरुन्तै लाइसेन्स ल्याउन सम्भावना पनि नभएकाले केही महिनाको समय दिनुपर्छ ।"
"प्रहरीले कडाइ गरेपछि रिक्सा चालकहरु लाइसेन्स पाइन्छ कि भनेर धनगढी, नेपालगञ्ज, गुलरिया पुगेर फारम भरिरहेका छौं । एक त समयमा परीक्षा हुँदैन परीक्षा तोकिएका दिनमा पनि रद्द हुने गरेको छ, रिक्सा चालक देशलाल, " चौधरी भन्नुहुन्छ, "लाग्ने शुल्क तिर्न तयार छौं तर पनि प्रहरीले भनेझैं लाइसेन्स ल्याउन सम्भव छैन् सयौंको संख्यामा रहेका रिक्साचालक आन्दोलित भएपछि यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई पनि समस्या भएको छ।"
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकी रिक्साका कारण सडक दुर्घटना भइरहेको र घटनामा संलग्न अटोरिक्साको अवस्था हेर्दा चालक अनुमति, बीमा लगायतका आधारभूत कुरा नभएकाले कारबाहीमा उत्रिनु परेको बताउनुहुन्छ ।
टीकापुरमा केहीले चालक अनुमतिपत्र पाए पनि ६०० भन्दा बढी अटोरिक्सा चालक अनुमतिपत्र बिना नै चलिरहेको ट्राफिक प्रहरी पोस्ट टीकापुरका वरिष्ठ नायब निरीक्षक बिरवान रावल बताउनुहुन्छ ।
टीकापुर नगरपालिकाले समयमा कानुन नबनाउँदा रिक्सा दर्ता पनि हुन सकेका छैनन् केही समयअघिसम्म अटोरिक्साको चालक अनुमतिपत्र दिने व्यवस्था नभएको र को संख्यामा रिक्साहरू चलिरहेकाले सबै कानुनी क्रिया पूरा गर्न पनि महिनौ लाग्ने भएको छ । तर कानुनी प्रक्रिया पूरा नभएका अटोरेसालाई चल्न नदिने प्रहरीको निर्णयले अटो चालकहरू तत्काल मर्कामा परेका छन् चलेका अटोरिक्साको रोड इजाजत दर पनि नतोकिएकाले यात्रीहरूले पनि दुःख पाउने गरेका छन् ।