काठमाडौँ, जेठ २० गते । मोरक्कोमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेर स्वदेश फर्किनुभएकी नेपालकी कराते स्टार एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ ।
मङ्गलबार बिहान स्वदेश फर्कनुभएकी एरिकालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, एरिकाको परिवार, कराते खेलाडी, पदाधिकारीलगायतले त्रिभुवन विमान स्थलमा पुगेर स्वागत गर्नुभएको हो ।
मोरक्कोको रावतमा सम्पन्न महिला ६८ केजी माथि तौल समूह एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६–२ ले हराउँदै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक कांस्य जिताउनुभएको हो ।
विश्वक करातेकै कठिन मानिने यस स्पर्धामा ५०औँ वरियताकी एरिकाले २०औँ वरियताकी पिएलाई हराउँदै नयाँ इतिहास रच्नुभयो । विश्व कराते महासङ्घले ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ ।
एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी र पदक धारी समेत हुनुहुन्छ । एसिका एसियाली खेलकुदमा नेपाललाई रजक पदक दिलाउने पहिलो कराते खेलाडी समेत हुनुहुन्छ ।
स्वेश फर्किएपछि एरिकाले रजत र स्वर्ण जित्ने खेलाडीको प्रदर्शन आफ्नोभन्दा प्राविधिक रुपले स्तरीय रहेको बताउनुभयो । उहाँले आफ्नो खेल यात्रामा नेपाललाई अझै ठूलो उपाधि दिलाउने प्रतिबद्धता जनाउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।