• २२ जेठ २०८२, बिहिबार

नेपाल थाइल्यान्डसँग फेरि पराजित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र थाइल्यान्डका खेलाडी ।

काठमाडौँ, जेठ २० गते । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग फेरि पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाली महिला टोली घरेलु टोली थाइल्यान्डसँग २–० गोलले पराजित भयो ।

कमजोर रक्षापंक्तिका कारण नेपालले हार खेपेको हो । यसअघि सुक्रबार खेलिएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग १–० गोलले पराजित भएको थियो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेका थियो । थाइल्यान्डका लागि चात्चावान रोडथोङले ५९औँ र कप्तान जिरापुरन मोङकोल्डीले ७४औँ मिनेटमा गोल गर्नुभयो । 

नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुने छ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।