• २१ जेठ २०८२, बुधबार

डलर सट्टा गर्ने भन्दै ३० लाख ठगी गर्ने ताराबहादुर पक्राउ

blog

काठमाडौँ, जेठ १९ गते । अमेरिकी डलर सट्टा गर्ने भन्दै डलर देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ घर भएका ताराबहादुर तामाङलाई भक्तपुर चाँगुनारायण नपा ३ दुवाकोटबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । 

आरोपी तामाङ माथि थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको जनाएको छ । उनले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नपा ३ ढोडेनी स्थित विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर सट्टा गर्ने भनी डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली लाख रुपियाँ ठगी गरेको थियो ।