• १३ साउन २०८१, आइतबार

चिप्लेर खस्दा श्रेष्ठको मृत्यु

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २८ गते । पानी भर्ने क्रममा चिप्लेर घाइते हुनुभएका जितेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार मध्याह्न १२ बजेर ४५ मिनेटमा घरको पाँच तला माथिबाट खसेका श्रेष्ठको उपचारको क्रममा शुभेक्षा अस्पताल सितपाईलामा मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–४ सितापाईलाका ३७ वर्षीय श्रेष्ठ आफ्नै घरको पाँच तला माथिबाट पानी भर्ने क्रममा चिप्लेर खस्दा घाइते हुनुभएको थियो ।

चिप्लेर घाइते हुनुभएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा १२ बजेर ५५ मिनेटमा डाक्टरले उहाँलाई मृत्त घोषणा गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।