• १३ साउन २०८१, आइतबार

होमस्टेबाट राम्रो आम्दानि गर्दे विपन्न समुदाय

blog

कावासोती १५ मा अवस्थित अमलटारी होमस्टे । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, जेठ २८ गते ।
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात् घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । विपन्न थारु बोटे समुदायहरुको दैनिकी नै परिवर्तन भएको छ । केवल खोलाको माछा मार्ने, नदि आसपासमा मात्र आयआर्जन देख्ने यो समुदाय अहिले परिवर्तन हुन थालेको छ ।

अहिले यो समुदाय केवल माछा मार्ने काममा मात्र सिमित नरही आयअनर्जनको फरक विकल्प रोज्न थालेका छन् । विपन्न थारु समुदायले अहिले होमस्टे सञ्चालन गरि पाहुना स्वागत सत्कार गर्न भ्याइ नभ्याईको अवस्थामा रहेका छन् । विपन्न थारु बोटे समुदायले होमस्टे सञ्चालन गरेपछि जिविकोपार्जनमा धेरै सहज भएको छ ।

खेती, मजदुरी र माछा मारेर जिविको चलाउने यस क्षेत्रका विपन्न समुदायले अहिले सुविधा सम्पन्न होमस्टे सञ्चालन गरेर पर्यटकलाई सेवा दिइरहेका छन् । जिल्लामा प्रिपर सुमदायिक होमस्टे, अमलटारी होमस्टे, बरौली होमस्टे सञ्चालन गरेर उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन् ।

पुरुषहरु मजदुरी गर्ने र महिलाहरु घरमा नै बसेर समय बिताउने यस समुदायाई अहिले भने पाहुनाको स्वागत गर्नमा भ्याईनभ्याई  रहेको अमलटारी होमस्टेका सञ्चालक धनिराम गुरौले बताउनुभयो

कावासोती नगरपालिका वडा नम्बर १५ मा अवस्थित अमलटारी होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेकाले पनि राम्रो आम्दानी हुने गरेको छ । मासिन चालिस हजार आम्दानी हुने गरेको सञ्चालक गुरौले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेका कारण मध्यवर्ती सामुदायिक वन भित्र विभिन्न दुर्लभ वन्यजन्तुसँगै नारायणी नदिमा बोटिङसँगै जंगल सफारी गर्न आउने पर्यटहरुको रोजाइमा होमस्टे नै परेको छ । होमस्टेले पनि मध्यवर्ती वनलाई व्यवस्थित गरी पर्यटकलाई त्यही वनमा घुमाउने गरिएको गुरौले बताउनुभयो । 

जिल्लामा सञ्चालित होमस्टेले यस आर्थिक वर्षमा मात्र १५ देखि २० हजारभन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्र्याउन ुसफल भएका छन् । विपन्न थारु, बोटे, माझी समुहले होमस्टे सञ्चालनपछि उनिहरुको  मौलिक सस्कृतिसँगै संरक्षणसँगै आर्थिक आयआर्जनमा पनि सघाउ पुर्याएको देखिएको छ ।