• २९ वैशाख २०८२, सोमबार

संविधान संशोधन आवश्यक छ : अध्यक्ष प्रचण्ड

blog

निशा राई 

धरान, वैशाख २८ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । आईतबार धरानको भानुचोकमा किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल संयुक्त राष्ट्रिय सम्मेलन संयुक्त उद्घाटनको कार्यक्रम गर्ने क्रममा उहाँले अहिलेको निर्वाचन प्रणाली जनताको नभएर पैसावालाको रहेको त्यसैले जनाताको लागि संविधान संशोधन गर्न अपरिहार्य रहेको बताउनुभयो । 

“बेथितिको अन्त्य गर्न, भ्रष्टचारको अन्त्य गर्न, शुसासन कायम गर्न, जनतालाई अधिकार कायम गर्न हामि फेरी एक पटक एक भएर लडाई गरौं", लडाई भन्ने बित्तिकै भूमिगत होइन, हामी सडक, सदन र सरकार ३ वटा मोर्चाबाट हामिले जित्छौं भन्ने अपेक्षा भएर हो," उहाँले भन्नुभयो । 

अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो । माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधन मार्फत अझै समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन उहाँले आह्वान गर्नुभयो । 

उहाँले धरानका नगर प्रमुख हर्क राज राईलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल रहेको बताउनुभयो । त्यसैले नगर प्रमुख राईले माओवादीप्रति नकारात्मक हुनु आवश्यक नभएको उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान समेत गर्नुभयो ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको छ, उहाँले भन्नुभयो, “मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुई देखापरेको खण्डमा मलाई पनि नछोड्नु भनेर अनुसन्धामा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको हुँ ।" यसरी भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचाविरुद्ध निर्मम अभियान समेत अघि बढाएको थिएँ । 

पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

“मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु । घरिघरि उहाँलाई के हुन्छ रु उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,” उहाँले भन्नुभयो।