साहारा लिम्बू
फुङलिङ, वैशाख २८ गते । अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार चयन हुनुभएको छ । ७ औँ जिल्ला अधिवेशनमार्फत कमिटीको अध्यक्षमा सुनुवार सर्वसम्मत चयन हुनुभएको हो ।
उपाध्यक्षमा मणिकुमार मगर, सचिवमा इन्द्र लेछर्वो, सहसचिवमा मधु इजम, कोषाध्यक्षमा हरिप्रसाद सिग्देलसहित १७ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । श्रमजीवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक सङ्गठित आवाज र नेतृत्वदायी सङ्गठनको रूपमा स्थापना भएको महासङ्घको सदस्यहरूमा केशवप्रसाद दाहाल, छिनाम दोर्जी तामाङ, विजय नेयोङ, लक्षमण लिम्बू, सुशिल एभेङ, यामकुमार लिम्बू, टङ्कप्रसाद लिम्बू र युगेन अन्छङबो चयन हुनु भएको नेकपा (एमाले) ताप्लेजुङका सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।
यस्तै, सदस्यतर्फ नै गोन्दिराज बराल, छत्र गुरुङ, लिलामाया कार्की, सुमन गुरुङ, कृष्णबहादुर कार्की, दीपक राई, कुलराज न्यौपाने, भगिरथ माबो र लाखध्वोज लिम्बू निर्विरोध सदस्यमा छनोट हुनु भएको एमाले ताप्लेजुङले जनाएको छ । अधिवेशन महासङ्घ र पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।