उर्लाबारी समाचारदाता
उर्लाबारी, वैशाख २५ गते । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाले ‘गोरखापत्र’ नेपाली पत्रकारिताको अभिभावक भएको बताउनुभएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवं गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा संस्थानको पूर्व क्षेत्र प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यव्रmमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
कोइरालाले गोरखापत्र दैनिकले देश र जनताप्रति उत्तरदायित्वबोध गर्दै नागरिक र समाजलाई प्राथमिकतामा राखेर समाचार÷विचार प्रस्तुत गर्दै आएको आफूले पाएको बताउनुभयो ।
नगरप्रमुख कोइरालाले गोरखापत्रले मात्र तिनै तहका सरकारको आवाज, विकास र गतिविधि लेख्ने गरेको चर्चा गर्दै लेखिएको सामग्रीलाई प्रभावकारी वितरणमा जोड दिन आग्रह गर्नुभयो । गोरखापत्र नेपालीको सम्पत्ति भएको बताउँदै यो सम्पत्तिको संरक्षणको जिम्मेवारी महानगरको पनि भएको उल्लेख गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रले आफ्नो प्रकाशनलाई डिजिटलाइज गरेर अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सरकारी अखबारका आफ्नै समस्या होलान् तर पाठकले त्यो बुझ्दैनन् । प्रजिअ यादवले बहुभाषिक पत्रिका र प्रादेशिक रूपमा प्रकाशन गर्नु सरकारी पत्रिकाको दायित्व भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले यो काम गर्दैन किनकी उनीहरूको प्रमुख उद्देश्य व्यापार हो ।”
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले गोरखापत्र दैनिक दक्षिण एसियामा छापा पत्रकारिताको अभिभावक भएको प्रतिव्रिmया दिनुभयो । कार्यव्रmममाथि प्रकाश पार्दै गोरखापत्र संस्थान पूर्वक्षेत्र प्रकाशन कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार गुरुङले विराटनगर कार्यालयले मधेश र कोशी प्रदेशका जिल्लामा गोरखापत्र वितरण गरिरहेको बताउनुभयो । कार्यालय प्रमुख गुरुङको अध्यक्षतामा भएको कार्यव्रmममा भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशीलकुमार श्रेष्ठ र सहरी विकास कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहलाई सम्मान गरिएको थियो ।