हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ),वैशाख २२ गते । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी उच्च हिमाली क्षेत्रका कारण लेक लाग्ने (उच्च उचाइ रोग) केन्द्र थप गर्ने बताउनुभएको छ ।
मुस्ताङका पाँच वटै गाउँपालिकामा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षणका लागि मुस्ताङ पुगेर फर्किनुभएका मन्त्री पाठकले बर्सेनि लेक लागेर ज्यान गुमाउने पर्यटकको सङ्ख्या बढ्न थालेपछि म्याग्दीसँग सिमाना जोडिएको थासाङ गाउँपालिका–४,घाँसामा र जोमसोम विमानस्थलमा हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्था अनुसार भ्रमणको सुझाव दिनुपर्ने बताउनुभयो ।
प्रादेशिक अस्पताल जोमसोम र उपल्लो मुस्ताङमा आधुनिक उपकरण सहितको हाइ अल्टिच्युड’ उपचार केन्द्र थप गर्ने, हरेक स्वास्थ्य चौकीमा लेक लागेको अवस्थामा उपचारका लागि आवश्यक उपकरणहरू जडान गर्नुपर्ने बताउनुभयो । मन्त्री पाठक भन्नुहुन्छ,‘‘स्वास्थ्य पर्यटनसँग मुस्ताङलाई जोड्न पनि पर्यटकको आगमनलाई सुरक्षित बनाउनुपर्छ,जटिल रोगबाट ग्रसित पर्यटकलाई माथिल्लो क्षेत्रको यात्रा नगर्न सुझाव दिनुपर्छ ।’’तीन दिन मुस्ताङमा रहेका स्वास्थ्य क्षेत्रको निरीक्षण गरी आइतबार फर्किनुभएका मन्त्री पाठकले
मन्त्री पाठकले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुई वटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रको समेत निरीक्षण गर्नुभएको थियो। वारागुङ मुक्ति क्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्रको भवनका जनशक्ति र उपकरणको अभाव देखिएकाले आगामी आवको बजेटमा सम्बोधन गर्ने बताउनुभयो । दुवै केन्द्रलाई चालु आवमा ५० लाख गण्डकी प्रदेशबाट उपलब्ध गराइएको छ ।
मन्त्री पाठकले धेरै पर्यटक बोक्ने होडबाजीमा लागेका ट्राभल तथा ट्रेकिङ एजेन्सीले सिधै कोरला नाकामा लैजाने गरेको र पर्यटक बिरामी हुने समस्या देखिएको बताउँदै पोखराबाट एकै पटक उपल्लो मुस्ताङसम्म पर्यटक लैजाने एजेन्सीलाई समेत सचेत गराउने बताउनुभयो ।
मन्त्री पाठकले मुस्ताङको भ्रमणका क्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ सहित थासाङ, घरपझोङ, वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसँग लेक लागेर मृत्यु, बिरामी हुने समस्या समाधानका लागि गर्ने सकिने कार्यका साथै मुस्ताङलाई स्वास्थ्य पर्यटनसँग जोड्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।
मन्त्री पाठकले जोमसोममा रहेको प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण, प्रदेश स्वास्थ्य कार्यालय,आयुर्वेद अस्पतालको स दुई वर्षको अवधिमा शरद र वसन्त ऋतुमा सडक र हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटक गरी मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।