• १६ असार २०८१, आइतबार

न्यूरोडको रञ्जना गल्लीमा पुरुषको शव फेला

blog

साङ्केतिक तस्बिर

काठमाडौं, जेठ २५ गते । काठमाडौं महानगरपालिकाको वडा नं.२४ मा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार रञ्जना सोडा गल्लीस्थित काठमाडौं महानगरपालिका वडा नं.१२ टेकु घर भएका अन्दाजी ३४ वर्षीय सुरेन महर्जन मृत अवस्थामा फेला पर्नुभएको हो ।

प्रहरीको कन्ट्रोल रुममा प्राप्त जानकारी अनुसार बुझ्दा न्यूरोडको रञ्जना गल्लीमा महर्जनको शव फेला परेको पुष्टि भएको हो ।

शवको मुचुल्का गरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।