• १६ वैशाख २०८२, मङ्गलबार

नदी खोंचमा महिला मृत फेला

blog

रेखीराम राना

तानसेन, वैशाख १६ गते । जिल्लाको रम्भामा एक जना महिला मृत अवस्थामा फेला परेकाे छन् । रम्भा गाउँपालिका–३, राम्दीस्थित कालीगण्डकी नदी खोचमा बगनासकाली–६, यम्घाकी ३४ वर्षीया गङ्गा माझी मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बस्नुभएकी माझी मङ्गलबार बिहान ८ बजेतिर मृत फेला परेकी पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।